पोखराका दीपकको कृति ‘नदीको राजमार्ग’ हेटौंडामा विमर्श

हेटौडा, पोखराका साहित्यकार दीपक समीपको लघुकथा संग्रह ‘नदीको राजमार्ग’को हेटौंडामा विमर्श भएको छ । साहित्य सङ्गम मकवानपुरको आयोजनामा आइतबार समीपको लघुकथा माथि विमर्श गरिएको हो । मकवानपुरे समीक्षक घनश्याम घिमिरेले लघुकथा ‘नदीको राजमार्ग’ कृतिको समिक्षा गरेका थिए ।

ADVERTISEMENT

समीपका कथाहरु सुन्दर रहेको भन्दै समीक्षक घिमिरेले कथाले दिने सन्देश महत्वपूर्ण हुने बताए । कथा संग्रहमा ८२ वटा लघुकथा संग्रहित छन् । समीपले ३० वर्षदेखि लेखिएका लघुकथा संग्रहमा समावेश गरेको बताए। स्कुले जीवनबाटै लघुकथा, कविता, गजल, मुक्तक लगायत लेख्न थालेको भन्दै उनले पुराना र नयाँ कथाहरू संकलन गरेर लघुकथा संग्रह प्रकाशन
गरेको बताए।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । लघुकथा चौतारी मकवानपुरका अध्यक्ष किसन पौडेल, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालले मन्तव्य व्यक्त गरेका थिए भने सचिव मनोज पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *