लैङ्गिक हिंसा न्यूनीकरण र तनाव व्यवस्थापनसम्बन्धी अभिमूखीकरण कार्यक्रम शुरु

हेटौंडा, सामूदायिक सेवा केन्द्र तथा सामूदायिक प्रहरी सेवा केन्द्र हेटौंडा– ११ को आयोजनामा दुई दिने लैङ्गिक हिंसा न्यूनीकरण र तनाव व्यवस्थापन सम्बन्धी अभिमूखीकरण कार्यक्रम बुधबारबाट हेटौंडामा शुरु भएको छ । केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

बुधबार भएको कार्यक्रममा हेटौंडा ११ मा रहेको ७ वटा टोल विकास संस्थाको एक सय जना भन्दा बढीको सहभागिता रहेको थियो । टोल विकास संस्थालाई लैङ्गिक हिंसा न्यूनीकरण र तना व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको श्रेष्ठले बताए ।

कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी प्रशिक्षण माइती नेपालका प्रमुख माया लामा, लैङ्गिक हिंसा कानूनी सजाय र कानुनीको अवस्थाको बारेमा प्रहरी निरिक्षक चुडाकुमारी खड्का र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षक विजयराज सिग्देलले सहजीकरण गरेका थिए ।

यसैगरी विहीबार हेटौंडा– ११ स्थित थाहा भवनमा १५ वटा टोल विकास संस्थाका महानुभावहरुलाई अभिमूखीकरण कार्यक्रम प्रदान गरिने छ । हेटौंडा उपमहानगरपालिका ११ नम्वर कार्यालयको आर्थिक सहयोगमा दुई दिने अभिमूखीकरण कार्यक्रम भएको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *