सुनगाभाको अभिभावक दिवसमा चार जना शिक्षक सम्मानित

हेटौंडा, हेटौंडा ६ मा रहेको सुनगाभा शिक्षा निकेतनको २४ औँ अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । अभिभावक दिवसको अवसरमा विद्यालयले सुशिला लम्साल, मनिसा थापा, हिरा खत्री, लक्ष्मी चौलागाई शिक्षकलाई सम्मान गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

विद्यालयको प्राङ्गणमा भएको अभिभावक दिवसमा विद्यालयका अभिभावक होमनाथ गौतम, भीष्म चौलागाई, रुश्मी थपलिया र किशोर श्रेष्ठलाई सम्मान गरेको छ । कार्यक्रममा एसइई बेष्ट शिक्षक साजन दियाली, एसइइमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी सुबिक्षा बानियाँ र स्वस्तिका दुलाल, पूर्व व्यवस्थापक समितिका अध्यक्ष हिमाल पौडेल र ध्रुव चौलागाई, विद्यालयका चालक राजकुमार चौलागाई र बद्री राई, कार्यालय सहयोगी सिता खड्का र तिलकुमारी घलानलाई पनि सम्मान गरेको थियो ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya