हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघले कृषि सम्बन्धी अवधारणा प्रस्तुतिकरण गरेको छ । मकवानपुर जिल्लाका पालिकाहरु मध्ये कैलाश, राक्सिराङ र मनहरी गाउँपालिका पुगी संघको एक टोलीले कृषि सम्बन्धी अवधारणा प्रस्तुत गरेको हो । संघका सहकोषाध्यक्ष तथा कृषि प्रवद्र्धन समितिका संयोजक निलम पाण्डेको नेतृत्वमा समितिका सदस्यहरु राधिका सामरी पाण्डे, हरिशरण अधिकारी, विवेक सुवेदी, मकवानपुर जिल्ला बाख्रा व्यवसायी संघका ईन्द्रलाल थिङ, कृषि उद्यमी फेन्चु लामा, संघका कार्यकारी सचिव पवन कार्की गरी सात सदस्यीय टोली सोमबार स्थलगत रुपमा गाउँपालिकाहरु पुगेर कृषि सम्बन्धी अवधारणा प्रस्तुत गरेका थिए ।
कैलाश गाउँपालिकामा पालिकाका अध्यक्ष लोक बहादुर मुक्तान, उपाध्यक्ष बाल कुमार मल्ल ठकुरी र प्रमुख प्रशासकीय अधिकृत विनोद रोकायको उपस्थितिमा कृषि सम्बन्धी अवधारणा प्रस्तुत गरिएको थियो । पालिका अध्यक्ष लोक बहादुर मुक्तानले कैलाश गाउँपालिका भित्र कृषि पकेट क्षेत्र निर्धारण गरी काम भइरहेको, किसानहरुले उत्पादन गरेका कृषि उपजहरु बिक्रीको लागि हेटौंडालगायतका ठाउँहरुमा पठाउने गरेको, पालिकामा कृषकहरुले पशुपालन गरिरहेको, कतिपय समयमा कृषि उपजको प्रति किलो मूल्य भन्दा बढी ढूवानीको मूल्य हुने गरेकाले किसानले उचित मूल्य पाउन समस्या हुनेगरेको बताए ।
कैलाश गाउँपालिका साविकको कालिकाटार, डाँडाँखर्क, गोगने, भार्ता र नामटार गाविसका २, ५ र ९ वडा मिलेर बनेको हो । जहाँ तामाङ, चेपाङ, क्षेत्री, मगरलगायतका जातजातिको बसोबास रहेको छ । कार्यक्रममा पशुपालन, खेती र जडिबुटी उत्पादन गरी आयआर्जन बढाउन आवश्यक रहेको, कृषि उपजहरुको विविधकरण गर्नुपर्ने जस्ता थप विषयहरुमा चर्चा गरिएको थियो । राक्सिराङ गाउँपालिकामा पालिकाका अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला समक्ष संघले तयार गरेको कृषि सम्बन्धी अवधारणा पत्र प्रस्तुत गरेको थियो । राक्सिराङका अध्यक्ष राजकुमार मल्लले उद्योग वाणिज्य संघले कृषिको विषयलाई प्राथमिकता दिएकोमा प्रशन्नता व्यक्त गर्दै प्रस्तुतिकरणमा आएका केही विषय कार्यान्वयन भइसकेको र केही बाँकी देखिएका सुझावहरु आगामी नीतिमा समावेश गरेर जाने बचनवद्धता व्यक्त गरे । उनले राक्सिराङ गाउँपालिकामा चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको छ ।
राक्सिराङ क्षेत्रका किसानहरु उत्साहित नरहेको, जडिबुटी उत्पादन बढाउने योजना रहेको र जडिबुटी पार्क स्थापना गरिसकेको, जमिनको अवस्था हेरी कृषि उत्पादनको सम्भाव्यता अध्ययन सम्पन्न गरेको, कृषि पकेट क्षेत्र बनाइ अनुदान दिन पालिका अग्र्रसर रहेको, सित भण्डार निर्माण गर्न गइरहेको, खैराङका बीस दलित परिवारलाई पशुपालनको लागि पाडा वितरण गरिएको, वर्षाको सिजनबाहेकका महिनाहरुमा हरेक महिनाको १ र १५ गते स्थानीय सांस्कृतिक कार्यक्रमसहित हाटबजार सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले किसानले उत्पादन गरेका मह, चिउरीको मह, गेडागुडीहरु गुणस्तरीय रहेको र हाट बजारमा कोदो, फापरको पिठो, मकैलगायतका सामानहरु प्रदर्शनी तथा बिक्री वितरण भइरहेको बताए ।
मनहरी गाउँपालिकामा पालिका उपाध्यक्ष सीता पुलामी मगर र कृषि अधिकृतहरुको उपस्थितिमा संघको कृषि सम्बन्धी अवधारणा प्रस्तुतिकरण गरिएको थियो । मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले पालिकाले यसपटक दुई करोड भन्दाबढी कृषि तथा पशुपालन क्षेत्रमा बजेट छुट्याएर काम गरिरहेको, ६ नं।वडामा अदुवा पकेट क्षेत्र र ९ नं। वडामा धान पकेट क्षेत्र निर्धारण गरी काम गरिरहेको, माटो परीक्षण, बाली उपचार, धान गहुँको विउँ उत्पादन, विपन्न कृषक अनुदान कार्यक्रम चलाइरहेको, पालिका भित्र सबैजसो ठाउँमा यातायातको सहज पहुँच रहेकोले कृषकका उत्पादनहरु ढुवानीमा सहजता रहेकोलगायतका भनाइहरु राखेका थिए ।
तीनै पालिकाको कार्यक्रममा संघको कृषि प्रवद्र्धन समितिका सदस्य तथा कृषि उपज व्यवसायी हरिशरण अधिकारीले कृषि उत्पादनको बजारिकरणको लागि हेटौंडास्थित नेपाल फलफूल तथा तरकारी व्यापारी संघ सँग समन्वय गर्दा सहज हुने बताए । साथै कृषि प्रवद्र्धन समिति सदस्य तथा बाख्रा व्यवसायी विवेक सुवेदीले पशुधनको बीमा गर्नुपर्ने बताए । त्यसैगरी मकवानपुर जिल्ला बाख्रा व्यवसायी संघका ईन्द्रलाल थिङ र कृषि उद्यमी फेन्चु लामाले आफ्नो भनाई राखेका थिए । कृषि प्रवद्र्धन समितिका संयोजक निलम पाण्डेले मकवानपुर जिल्लाका सबै पालिकाहरुमा पुगेर मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाट उक्त कृषि सम्बन्धी अवधारणा प्रस्तुत गर्ने बताए ।
ADVERTISEMENT