जिल्लास्तरीय खुला डबल ब्याड्मिन्टन प्रतियोगिता हुँदै

हेटौंडा, यही चैत ९ गतेबाट हेटौंडामा जिल्ला स्तरीय खुला डबल ब्याड्मिन्टन प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला ब्याड्मिन्टन संघको आयोजनामा हेटौंडा–११ भानाभ¥याङको कर्बडहलमा प्रतियोगिता आयोजना गर्न लागेको संघका अध्यक्ष विष्णु घिमिरेले जानकारी दिए ।

४५ वर्ष उमेर समूह माथि र ४५ वर्ष भन्दा कम उमेर गरी दुई समूहमा डबल ब्याड्मिन्टन प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । ‘गत वर्ष भएको डबल र सिङ्गल प्रतियोगितामा २५ जना खेलाडी सहभागी थिए’, उनले भने, ‘यस वर्ष डबल मात्र प्रतियोगिता आयोजना गर्न लागेका छौं । कति खेलाडी सहभागी हुन्छन् यकिन छैन ।’

प्रतियोगिताको लागि टिम दर्ता अन्तिम मिति चैत ७ गतेसम्म रहेको छ । प्रतियोगिताको लागि टिम शुल्क दुई हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । सहभागी खेलाडीलाई खानाको व्यवस्था समेत गरिएको र हेटौंडा बाहिरका खेलाडीलाई बासको समेत व्यवस्था गरिएको अध्यक्ष घिमिरेले बताए । प्रतियोगिताको बजेट अनुसार प्रतियोगिताको पुरस्कार निर्धारण गरिने उनले बताए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

खेलाडी उत्पादनका लागि ‘ट्रेनिङ’
आगामी वर्ष २०८१ सालबाट मकवानपुर जिल्ला ब्याड्मिन्टन संघले खेलाडी उत्पादन गर्ने उद्देश्यले ट्रेनिङ सञ्चालन गर्ने भएको छ ।

‘स्वास्थ्यको लागि मकवानपुरमा ब्याड्मिन्टन खेल खेल्ने गर्छन् । तर वास्तवमा ब्याड्मिन्टन खेल्ने खेलाडीको संख्या कमै पाइन्छ’, संघका अध्यक्ष घिमिरेले भने, ‘आगामी वैशाख महिनाबाट विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी ट्रेनिङ सञ्चालन गर्नेछौं । यसबाट खेलाडी उत्पादन हुनेछ भन्ने विश्वास लिएका छौं । हेटौंडा ११ भानाभ¥याङको कर्बडहलमा खेलाडीलाई तालिम प्रदान गरिने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button