थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या

हेटौँडा, मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या गरिएको छ।

ADVERTISEMENT

बिहीबार दिउँसो बिहीबार दिउँसो सवा २ बजेतिर ५५ वर्षीया तुलुमाया गोपालीको हत्या अन्दाजी ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी गरेका हुन्।

देवर नाता समेत पर्ने छिमेकमै बस्ने ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रहार गरी तुलुमायाको हत्या गरेका हुन्। घटना पछी हत्या आरोपित जीवन गोपाली आफैं हतियारसहित अपराह्न ३ बजेर ४० मिनेट जाँदा इलाका प्रहरी कार्यालय पालुङमा उपस्थित भएका थिए।

प्रहरीका अनुसार जीवन गोपालीलाई नियन्त्रणमा लिइएको छ र हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइसकेको छैन। इलाका प्रहरी कार्यालय पालुङले यस घटनालाई गम्भीरता साथ लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *