हेटौंडा, हेटौंडामा तीन दिने लेजर प्रिन्टर फ्रि सर्भिस क्याम्प तथा एक्सचेन्ज अफर सञ्चालन हुने भएको छ । प्यान्टम नेपाल हेटौंडाका लागि आधिकारीक विक्रेता स्टार कम्प्यूटर सिस्टमको आयोजना, प्यान्टम नेपाल प्रालि तथा क्यान महासंघ मकवानपुर शाखाको सहकार्यमा कार्यक्रम हुन लागेको स्टार कम्प्यूटरका सञ्चालक शिव श्रेष्ठले जानकारी दिए ।

चैत ८ गतेदेखि १० गतेसम्म हेटौंडाको बुद्धचोकमा क्याम्प सञ्चालन हुनेछ । ‘प्रि सर्भिस क्याम्पमा कुनै पनि कम्पनीको प्रिन्टर निःशुल्क सर्भिस हुनेछ ।’ श्रेष्ठले भने–‘स्पेयर पार्टसमा १५ प्रतिशत तथा नयाँ प्रिन्टर लिँदा २५ प्रतिशत सम्म छुट पाउन सक्नुहुनेछ । साथै उचित मूल्यमा कुनै पनि प्रिन्टर प्यान्टमको प्रिन्टरसँग एक्सचेन्ज गर्न पनि सकिने छ।’
हेटौंडामा हुने तीन दिने फ्रि सर्भिस क्याम्पको अवलोकन गरीदिनुहुन श्रेष्ठले अनुरोध गरेका छन् ।







