यस वर्ष पनि तरुणको शुभकामना दौड हुने

हेटौंडा, नेपाली कांग्रेसको युवा दस्ता, नेपाल तरुण दल हेटौंडा–६ को आयोजनामा यसवर्ष पनि शुभकामना दौड प्रतियोगिता हुने भएको छ ।

ADVERTISEMENT

तरुण दलले नयाँ वर्षको दिन निरन्तर शुभकामना दौड गर्दै आएको छ । हेटौंडा–६ स्थित चौघडा बजार क्षेत्रमा हुने प्रतियोगिता वैशाख १ गते विहान हुने आयोजक तरुण दल हेटौंडा ६ का अध्यक्ष कमल कोइरालाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

‘प्रतियोगिताको तयारी करिब सकिएको छ । हामीले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई औपचारिक निमन्त्रणा गरिसकेका छौं’, उनले भने । कोइरालाले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले नगद १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार रुपैया“सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । तरुण दल हेटौंडा–६ केही वर्षदेखि यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya