मनहरीमा बस दुर्घटना हुँदा १४ जना घाइते

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तिमा आज दिउँसो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

ADVERTISEMENT

दिउँसो ३ बजेर ४० मिनेटको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्वरको बस आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल बारीमा पल्टी दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएकामध्ये अन्दाजी ३र४ जना गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, घाइते सबै जनालाई उपचारको चितवनको भरतपुरतर्फ पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya