भेष खड्कीको नेतृत्वमा मकवानपुर खेलकुद सरोकार मञ्च

हेटौँडा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष भेष खड्कीको नेतृत्वमा मकवानपुर खेलकुद सरोकार मञ्च गठन भएको छ । खड्गीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।  मञ्चको उपाध्यक्षमा वसन्तकुमार सिटौला, महासचिव लालबहादुर पौडेल, सचिव आलोक स्याङ्तान, कोषाध्यक्ष शोभा घिमिरे तथा सदस्यमा दिपेश जोशी, सुनिल लोप्चन, रेनु लामा, उमेश बुढाथोकी, खुसराज दाहाल, दीपकबहादुर तामाङ, रञ्जिता फुयाँल, लक्ष्मी बर्तौला, उज्वल शर्मा भण्डारी, विश्व पाठक, सुजिता थापा र अस्मिता योञ्जन रहेका छन् ।

ADVERTISEMENT

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्यसमिति तथा संस्था स्थापनाको उद्देश्य र आगामी योजनाको विषयमा जानकारी दिएको हो । खेलकुद गतिविधि सञ्चालन गर्ने गरी मञ्च गठन गरिएको बताइएको छ । संस्थालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरमा औपचारिक रुपमा दर्ता समेत गरिएको जानकारी दिइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने, आर्थिक अवस्था कमजोर भएका, दैवी प्रकोप, दुर्घटना र आपतमा परेका प्रशिक्षक, निर्णायक र खेलाडीलाई नगद, जिन्सी, छात्रवृत्ति, खेल सामग्री लगायत सहयोग पु¥याउने र आवश्यकता बमोजिम खेल प्रतियोगिता आयोजना र व्यवस्थापन गर्ने उद्देश्यका साथ खेलकुद सरोकार समाजको स्थापना गरिएको संस्थाका अध्यक्ष भेष खड्कीले जानकारी दिए ।

२०८० साल पुस महिनामा हेटौँडा–१० स्थित टिसिएन चौरमा आयोजना गरिएको खेलकुद तथा व्यापार महोत्सवबाट आम्दानी भएको २० लाख रुपैयाँ र सोही रकमलाई मुद्दती खातामा राखेपछि प्राप्त व्याज आम्दानीबाट अहिले २१ लाख रुपैयाँको अक्षयकोषसहित मञ्च स्थापना गरिएको हो । अक्षयकोषलाई एक करोड पुर्‍याउने लक्ष्यसहित मञ्चले वार्षिक खेलकुद अवार्ड गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार हरिबहादुर महत, सिद्धिलाल श्रेष्ठ, सानु लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, पूर्व अध्यक्ष माधव तिमल्सिनालगायत खेलकुद संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya