हेटौंडा, चितवन जिल्लास्थित नेपाल ग्यास उद्योग ९गण्डकी ०ले खाना पकाउने ग्यासका अयोग्य सिलिण्डर नष्ट गरेको छ । उद्योगले ३१३ वटा अयोग्य सिलिण्डर नष्ट गर्न लागेको उद्योगका कार्यालय प्रमुख जिवन छत्कुलीले जानकारी दिए ।
पुरानो तथा प्रयोग गर्न नमिल्ने सिलिण्डरहरुको ‘हाइड्रोस्ट्याटिक टेष्ट’ गरी उपभोक्ताहरूको सुरक्षालाई ध्यान दिँदै प्रयोग गर्न नमिल्ने सिलिण्डर छनौट गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिइएको उनले बताए । सिलिण्डर नष्ट कार्यक्रममा खैरेनि नगरपालिका वडा नम्वर ९ का अध्यक्ष बन्धु चौधरि प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चितवन ग्याँस विक्रेता अजय पाण्डे , पोखराबाट ग्यास विक्रेता नरेन्द्र पाठक, स्थानीय समाजसेवि रामचन्द्र पाठक, दिनेश सेडाई, सरोज वुर्लाकोटि आतिथ्यता रहेको थियो ।
ग्यास भर्ने बेलामा सामान्य जाँच भइरहे पनि सिलिण्डर नयाँ १० वर्षमा र त्यसपछि हरेक ५ वर्षमा ‘हाइड्रोलिक प्रेसर’ लगायत जाँच गर्नुपर्ने हुन्छ। ‘जाँच गर्दा बाङगो भएमा, लिक भएमा, मुनि तिरको वा माथितिरको गोलो ९रिंग० बिग्रे भत्केमा, खिया धेरै लागेपछि वा तौल १० प्रतिशत घटेको भेंटिएमा सिलिण्डर अयोग्य ठहरिन्छ,’ उनले भने, ‘मापदण्ड अनुसार पनि त्यसता सिलिण्डरमा ग्यास भर्न नमिल्ने भएकोले त्यसलाई नष्ट गनुपर्ने हुन्छ।







