जेनिथ विद्यालयका पूर्वप्राथमिक तह विद्यार्थी दीक्षित

हेटौंडा, हेटौँडा–५ स्थित जेनिथ माध्यमिक विद्यालयले पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । शनिबार एक कार्यक्रमका बीच युकेजी तहको अध्ययन पूरा गरेका ५२ जना विद्यार्थीलाई दीक्षित गरिएको हो ।

दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विद्यालयमा पूर्व प्राथमिक तह अध्ययन पूरा गरी प्राथमिक तहमा प्रवेश गरेका बालबालिकालाई घरमा पनि विशेष निगरानी गरिदिन प्रिन्सिपल कार्कीले अभिभावकसमक्ष आग्रह गरे ।

अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीले नृत्य, गायन प्रस्तुत गरेका थिए । विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अभिभावक, शिक्षकलेले समेत नृत्यु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *