हेटौँडा एकेडेमीमा कोरियन भाषा पढाइ हुने

हेटौँडा, हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमी आवासीय विद्यालयमा कोरियन भाषा पढाइ हुने भएको छ । आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच कोरियन कोरियनका प्रतिनिधि किम नाम सिक तथा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीबिच सम्झौता भई भाषा पढाइ हुन लागिएको हो ।

ADVERTISEMENT

कक्षा १२ पश्चात रोजगारीको लागि कोरिया जान चाहने विद्यार्थीहरूलाई कार्यक्रमले सहयोग पुग्ने विद्यालयका अध्यक्ष सुमार्गीले बताए । कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुले ऐच्छिक कोरियन भाषा अध्ययन गरी विदेश जान पाउने छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *