हेटौंडा, हेटौंडा -१० मा रहेको ज्ञानदा माध्यमिक विद्यालयमा साइवर सुरक्षा सचेतना कार्यक्रम भएको छ । क्यान महासंघ जिल्ला शाखा मकवानपुरले ‘सम्वृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ मुल नारा सहित मनाउन लागिएको सूचना तथा सञ्चार प्रविधि दिवसको पूर्व सन्ध्यामा विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
कम्प्युटर एसोसियसन महासंघ नेपाल, मकवानपुर शाखा अध्यक्ष शिव कुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा क्यान बागमती प्रदेश अध्यक्ष पुष्प राज पुडासैनी प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ५५ जना विद्यार्थी एवम् शिक्षकहरुको सहभागिता रहेको थियो । क्यान महासंघ मकवानपुरका कोषाध्यक्ष ई. श्रीराज खतिवडाले प्रशिक्षण सहजिकरण गरेका थिए । उनले वर्तमान सुचना प्रविधि एवं सामाजिक सञ्जाल मार्फत भईरहेका अपराध, यसका असर एवं समाधान उपायहरुको चर्चा डिजिटल प्रविधिमार्फत जानकारी गराएका थिए ।
क्यान मकवानपुरका सचिव गोविन्द चौलागाईले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सदस्य स्वागत अधिकारी स्वागत मन्त्व्य व्यक्त गरेका थिए । यही वैशाख २० गते राष्ट्रिय सूचना प्रविधि दिवस–२०८१ को अवसरमा बालज्योती माविमा कार्यक्रम आयोजना गर्ने क्यानका सचिव गोविन्द चौलागाईले जानकारी दिए ।







