हेटौंडा, थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधीको लागि वडा न ७ र १ भिड्ने भएका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्वर ३ लाई ट्राइबेकरमा ७–६ को गोल अन्तरले पराजित गर्दै वडा नम्वर ७ फाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको हो । यसैगरी आज भएको वडा नम्वर ४ र १ बीचको दोस्रो सेमिफाइनल खेलमा वडा नम्वर १ विजयी भएको हो ।
निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल नभएपछि खेल ट्राइबेकरमा धकेलिएको हो । ट्राइबकेरमा वडा नम्वर ४ लाई ७–६ को गोल अन्तरले पराजित गर्दै वडा नम्वर १ फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको फाइनल खेल माघ २६ गते शनिबार हुनेछ । प्रतियोगितामा बिजयी हुने टिमले नगद ५० हजार रुपैयाँ र दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।







