वडा कार्यालयद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग

हेटौंडा, हेटौडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयद्वारा यहाँको एक विद्यालयलाई प्रोजेक्टर सहयोग गरेको छ । हेटौडा-६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालय, चौघडालाई ४ थान प्रोजेक्टर सहयोग गरेको हो । वडा कार्यालयको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रोजेक्टर सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

विद्यालयलाई प्रविधिमैत्री बनाउन प्रोजेक्टर सहयोग गरेका हौं, कम्युप्टर हस्तान्तरण गर्दै वडा अध्यक्ष विष्णु बहादुर दाहालले भने । हामी वडामा रहेका सबै विद्यालयहरुलाई प्रविधिमैत्री बनाउछौं । विद्यालयलाई प्रोजेक्टर प्रदान गरेकोमा खुशी छौ । विद्यालयका प्राचार्य रमेश लामिछानेले भने । अघिल्लो बर्ष प्रदेश सरकारले २० वटा ल्यापटप उपलब्ध गराएको थियो । अब हामीलाई २० वटा ल्यापटप, १५ वटा प्रोजेक्टर र १० वटा सिसि क्यामेराको आवश्यकता छ । यति भयो भने विद्यालय प्रविधिमैत्री बन्छ ।

प्रोजेक्टर हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, वडा सचिव आमोद प्रसाद मैनाली, विद्यालयका लेखापाल कृष्ण मानन्धर, सञ्चारकर्मी भमिसेन पौडेल लगायतको सहभागिता थियो । विद्यालयमा करिव १ हजार विद्यार्थीहरु अध्ययनरत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya