चित्लाङ स्वास्थ्यचौकी भवन निर्माणको श्रमदानमा बिदेशी

थाहा, थाहा नगरपालिका र च्वाइस नेपालको संयुक्त लगानीमा निर्मण हुँदै गरेको चित्लाङ स्वास्थ्यचौकी भवनको निर्माण कार्यमा बिदेशी दाताहरु पनि श्रमदानमा सहभागी भएकाछन् । करिव चार महिना अगाडि शिलान्यास गरिएको १४ कोठे स्वास्थ्यचौकी भवनको निर्माण कार्य अनुगमन सहितको श्रमदान गर्नका लागि डोटरा हिलिङ हेन्ड फाउन्डेसन अन्तरगत चिन र अमेरिकाका ५४ जना दाताहरु बुधबार स्वास्थ्यचौकी भवन निर्माणस्थल चित्लाङ आईपुगेका च्वाइस नेपालका प्रताप घिमिरेले बताए ।

ADVERTISEMENT

दाताहरुलाई थाहा नगरपालिका वडा नं. ९ का अध्यक्ष राजकुमार बलामी, स्वास्थ्यचौकी निर्माण समितिका अध्यक्ष राजिव नापित र स्थानीयले स्वागत गरेका थिए । दाताहरुको बसाई तीन दिनको हुने र उक्त दिनमा स्वास्थ्यचौकी भवन निर्माणको अनुगमनका साथै निर्माण कार्यमा श्रमदान गर्ने, स्थानीय किशोरी लक्षित कार्यक्रम गर्ने, चित्लाङमा रहेका ५ वटा बिद्यालयमा अध्ययन गर्ने २० जना बिद्यार्थीलाई छात्रबृति प्रदान गर्ने कार्यक्रम रहेको च्वाइस नेपालका घिमिरेले बताउनुभयो । कूल २ करोड ९ हजार ४७० रुपैयाँ लागतमा निर्माण हुने चित्लाङ स्वास्थ्यचौकी भवनको लागि च्वाइस नेपालको १ करोड ५० लाख लगानी रहने घिमिरेले बताउनुभयो ।

उहाँले निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्ने समेत बताउनुभयो । प्रबिधिकका अनुसार स्वास्थ्यचौकी भवनको निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भएको छ । तीन बर्षमा सम्पन्न गर्नेगरि निर्माण थालनी गरेको स्वास्थ्यचौकी भवनको लागि थाहा नगरपालिकाले ५९ लाख ४७० रुपैंया लगानी गर्नेछ । पहिलो बर्षमा स्वास्थ्यचौकी भवन निर्माण गरिने, दोश्रो बर्ष स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाइने र तेस्रो बर्ष कर्मचारी र स्वास्थ्यकर्मीहरुको क्षमता बिकास गरि दक्ष बनाउन बिभिन्न तालिम कार्यक्रम संचालन गरिने च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya