हेटौंडा अस्पताल मेटाउन खोजे सडक र सदन तताउँछौँ

हेटौंडा, हेटौंडा अस्पताललाई बागमती प्रदेश सरकारद्वारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेर अस्पतालको अस्तित्व नै मेटाउने प्रयास भइरहेको भन्दै मकवानपुरका राजनीतिक दलहरुले संयुक्त रुपमा विरोध जनाएका छन् ।

ADVERTISEMENT

प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौंडा अस्पताललाई प्रयोगशालाका रुपमा लिइने भनेर गरिएको सहमतिमा एकाएक परिवर्तन गरी अस्पतालको अस्तित्व नै मेटाउने गतिविधि भइरहेको भन्दै मकवानपुरका ८ वटा राजनीतिक दलहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

प्रतिष्ठानलाई नै अस्पतालको सम्पूर्ण सम्पत्ति र स्वामित्व हस्तान्तरण गर्ने गरी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत् प्रक्रिया अघि बढेकोमा दलहरुले आपत्ती जनाएका हुन् ।

ADVERTISEMENT

उनीहरुले प्रदेश सरकारको यस्तो गतिविधिले दैनिक २ हजार भन्दा बढी नागरिकहरुले उपचार सेवा पाइरहेको हेटौंडा अस्पतालको अस्तित्व र गरिमामा असर पुग्ने चिन्ता व्यक्त गरेका छन् ।

‘मकवानपुरका जनताको अमूल्य निधिलाई नामेट पार्ने काम प्रदेश सरकारबाट भइरहेकाले यसको हामी समर्थन गर्न सक्दैनौं । यति मात्र होइन, यदि यो प्रक्रिया तत्काल नरोकिए हामी मकवानपुरका राजनीतिक दल सशक्त आन्दोलनमा उत्रिने जानकारी गराउँदै अरु पनि प्रतिष्ठानहरु स्थापना गरेर प्रदेश र मकवानपुरको विकासमा योगदान दिने कामको स्वागत गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द नगरे सडक र प्रदेश सभामा समेत आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।

ADVERTISEMENT

विज्ञप्तिमा विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्वहरु क्रमश नेपाली कांग्रेसका बुद्ध लामा, माओवादीका भीम पाख्रिन, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली, नेकपा एकीकृत समाजवादीका विष्णु दाहाल, जसपाका सोम घलान, राप्रपा नेपालका गुरु प्रसाद सापकोटा, नेकपाका वाटर र राप्रपा मकवानपुरका उपाध्यक्ष अर्जुन प्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya