हेटौंडा, विगतवर्ष झै यसवर्ष पनि थाहा नगरपालिकामा उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आगामी जेठ ९ गतेदेखि १० गतेसम्म पाचौँ संस्करणको उपमेयर कप खुल्ला ब्याडमिन्टन कप प्रतियोगिता हुन लागेको हो ।
थाहा ४ स्थित क्याम्पाडाडाको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगितामा सहभागी हुन टिम दर्ताको लागि आव्हान गरियको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजारका साथै शिल्ड तथा मेडल प्राप्त गर्नेछन भने दोश्रो र तेश्रो हुनेले १५ हजार नगद सहित मेडल प्राप्त गर्ने फरक सोचका अभियन्ता यादवजंग रायमाझीले जानकारी दिए ।
प्रतियोगितालाई फरक सोचले सहयोग गर्ने छ। गत वर्ष भएको चौथो उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा १६ टीमको सहभागीता रहेको थियो ।







