२ सय ६ वटा सहकारी संस्थाको वित्तीय विवरण सार्वजनिक

सुजन ढकाल
हेटौंडा, हेटौंडा उपमहानगरपालिका कार्यक्षेत्र भएर सञ्चालनमा रहेका २ सय ६ वटा सहकारी संस्थाले वित्तीय विवरण सार्वजनिक गरेका छन् । उपमहानगरपालिकामा रहेका २ सय २३ वटा सहकारी संस्थामध्ये २ सय ६ वटा सहकारी संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार वित्तीय विवरण सार्वजनिक गरेका २ सय ६ वटा सहकारी संस्था मध्ये १०९ वटा सहकारी संस्थाले ‘कोकोमिस सफ्टवेयर’ को लिंक समेत लगिसकेका छन् भने २५ वटा सहकारी संस्थाले उक्त सफ्टवेयरबाट हेटौंडा उपमहानगरपालिकाको सहकारी विभागमा विवरण पनि बुझाइसकेका छन् । ‘वित्तीय विवरण सार्वजनिक नगर्ने ७ वटा संस्थाको बिहीबार अनुगमन भएको छ ।

विवरण सार्वजनिक नगर्ने सहकारीलाई निर्देशनदिई वित्तीय विवरण सार्वजनिक गर्न आग्रह गरिएको छ’– उनले भने । ‘सहकारी विभागले साउन ३१ गते सहकारीलाई निर्देशन जारी गर्दै एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।’ उनले भने –‘हेटौंडा उपमहानगरपालिका सहकारी विभागले वित्तीय विवरण सार्वजनिक गर्नको लागि मंसिर महिनामा नगरमा रहेका सहकारीलाई परिपत्र गरिसकेका थियौँ । परिपत्र जारी गरेका सहकारीले कार्यान्वयन पनि गरेका छन्।’ हेटौंडा उपमहानगरपालिकामा सम्पर्क विहिन भएका १३ वटा सहकारी संस्था मध्ये २ वटा सहकारी संस्था सहकारी विभागको सम्पर्कमा आइसकेको उनले जानकारी दिए ।  

ADVERTISEMENT

यता सहकारी विभागले साउन ३१ गते सहकारीहरुलाई निर्देशन जारी गर्दै एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । विभागले जारी गरेको निर्देशनमा शेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल शेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषहरुमा रहेको रकमबारे शेयर सदस्यलाई जानकारी गराउनुपर्ने निर्देशनमा उल्लेख छ । त्यसपछि सहकारीले हरेक महिना पनि वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । सहकारी विभागले निर्देशन गरेअनुसार नै भदौ २ गते हेटौंडा २ मा रहेको नमुना प्रगति सहकारी संस्थाले श्रावण मसान्त सम्मको विवरण सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको छ । सहकारीले सहकारीमा आवद्ध रहेका शेयरसदस्यलाई सामाजिक सञ्जालमार्फत वित्तीय विवरण सार्वजनिक गरेको हो ।

नमुना प्रगति सहकारी संस्था लिमिटेडको शेयर पुँजी २ करोड ७८ लाख ९५ हजार ३ सय रुपैयाँ, सहकारीको जगेडा कोष २ करोड ११ लाख ७५ हजार रुपैयाँ रहेको छ भने कुल निक्षेप २९ करोड ३७ लाख ८९ हजार ७ २२ रुपैयाँ रहेको छ । यसैगरी सहकारीको संस्थागत पुँजी २ करोड २० लाख ३७ हजार ८ सय ७२ रुपैयाँ रहेको छ । सहकारीको कुल सम्पत्ति ३७ करोड २७ लाख ५८ हजार ८ सय ३९ रुपैयाँ रहेको छ । त्यसैगरी हेटौंडा ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत श्रावण मसान्त सम्मको विवरण सार्वजनिक गरिसकेको छ । त्यस्तै हेटौंडा ६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले पनि विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको संस्थाका अध्यक्ष हिमाल पौडेलले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya