गृहमन्त्रीलाई अब संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ : सभापति बानियाँ


हेटौंडा, नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संसदीय छानबिन समिति गठन नभए गृहमन्त्री रवि लामिछानेलाई बहिस्कार गर्नुपर्ने बताएका छन् ।

ADVERTISEMENT

आइतबार पार्टीले आयोजना गरेको सहकारी ठगीविरुद्धको विरोध प्रदर्शनमा उनले जनताको पैसामाथि बेइमानी गर्नेहरू कांग्रेसका लागि स्वीकार्य नभएको बताए । ‘जनताको पैसामाथि बेइमानी गर्ने जोगिनु हुँदैन । संसदीय छानबिन समिति गठन नभए कांग्रेस संसद् बहिस्कार गर्नुपर्छ । सहकारी ठग गृहमन्त्री रवि लामिछानेलाई संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ,’ उनी भन्छन् ।

सहकारी ठगलाई जोगाउन एमाले लागिराखेको भन्दै यो रहस्यमय भएको उनको भनाइ छ । ‘केपी शर्मा ओलीका मान्छे सहकारी ठगीमा जेल जाने भएपछि रविलाई जोगाउने काम भएको छ । मान्छे मार्नेहरू सरकारमा छन् । हामी जनता बचाउन सडकमा आएका हौँ । देशमा अप्ठ्यारो हुँदा गृहमन्त्री देश जोडेर माग्नु भयो । ग्यालेक्सी टिभीमा अप्ठ्यारो हुँदा सबै कुम्ल्याएर भाग्नु भयो । त्यो लुकाउन राजनीतिमा आउनु भएको छ,’ उनले भने ।

संसदमा बलजब्त्ती गरिए सबै ठाउँबाट कांग्रेसले प्रतिवाद गर्ने उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाटै गणतन्त्र खतरामा परेको बानियाँले बताए । (स्रोत ः रातोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya