चार जना साइकल अभियन्ता सम्मानित


हेटौंडा, ५१ औँ विश्व वातावरण मूल समारोह समितिले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार हेटौंडाका चार जना साइकल अभियन्तालाई सम्मान गरेको छ । सम्मानित हुनेमा मकवानपुर जिल्ला साइक्लिङ संघका संस्थापक अध्यक्ष नरेशलाल श्रेष्ठलाई मरणोपरान्त सम्मान गरेको छ ।

ADVERTISEMENT

यस्तै संस्थापक उपाध्यक्ष सैलेश मानन्धर, वर्तमान अध्यक्ष संगीत श्रेष्ठ, हेटौँडा राइडर्स क्लबका संस्थापक अध्यक्ष दिपेन्द्र चन्द ठकुरीलाई पनि सम्मान गरिएको छ । विश्व वातावरण दिवस–२०८० को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आयोजित वातावरणीय सचेतना मुलक साईकल र्याली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वातावरण समिति प्रमुख एवम् वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरबाट सुरु भएको साइकल र्यालि कान्तिराजपथ, नागस्वती, कमाने, हुप्रचौर हुँदै पुनः हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमै पुगेर समापन भएको थियो । र्यालीमा ६५ जना साइकलयात्रीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *