केशवको नेतृत्वमा मकवानपुर ग्याँस व्यवसायी संघ

हेटौंडा, मकवानपुर ग्याँस व्यवसायी संघको अध्यक्षमा केशव मुडवरी चयन भएका छन् । शनिबार भएको संघको ११ औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशनबाट मुडवरीको अध्यक्षतामा नयाँ कार्य समिति बनेको हो । संघको उपाध्यक्षमा नवीन लामा, सचिवमा मदनकुमार न्यौपाने, कोषाध्यक्षमा कृष्णबहादुर ढुंगाना चयन भएका छन् । यसैगरी सदस्यमा रमेशप्रसाद कडेँल, रुपक वस्ताकोटी, कृष्ण मोक्तान, सन्जय शौनियार, गोपाल श्रेष्ठ, सुदर्सन सुवेदी, राधाकृष्ण पराजुली, उत्तम पण्डित, अजय दंगाल, जीतबहादुर सारुमगर चयन भएका छन् ।

ADVERTISEMENT

मकवानपुर ग्याँस व्यवसायी संघका अध्यक्ष दिलिस गोविन्द जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल एलपी ग्याँस उद्योग संघमा नवनिर्वाचित शिवप्रसाद घिमिरे, व्यवसायी कृष्णबहादुर ढुङ्गाना, पत्रकार सुजन ढकाल, साहारा ग्याँस र बाबा ग्यास उद्योगलाई सम्मान गरेको थियो । कार्यक्रममा ग्याँस व्यवसायी संघका सल्लाहकार अर्जुन खत्रीले ग्याँस विक्रेताहरु पलायन भई पेशा परिवर्तन गर्न थालेको बताए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष राजु अधिकारीले आर्थिक मन्दीले गर्दा व्यवसायीहरु आत्महत्या गर्दा पनि व्यवसायीहरुको संघ उद्योग वाणिज्य संघले यसतर्फ खासै चासो नदेखाएकोमा गुनासो पोखे ।

ग्याँस व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष विनोदमान श्रेष्ठले ग्याँस विक्रेताहरुको कमिसन नबढ्दा व्यवसाय नै धरासायी बनेकोले यसतर्फ ध्यान दिन सम्बन्धित सरोकारवालासँग आग्रह गरेका थिए । कार्यक्रममा ग्याँस विक्रेता महासंघका पूर्व अध्यक्ष महेश्वर श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उद्योग उपाध्यक्ष प्रमोद सिंह रानाभाट्ट, होटल एशोसियसन मकवानपुरका उपाध्यक्ष कल्याण पौडेललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya