वाईसीएल हेटौँडाद्वारा सहीद परिवार सम्मान

हेटौंडा, १७ औं गणतन्त्र दिवसको अवसरमा ४ सहीद परिवारलाई सम्मान गरिएको छ । योङ कम्युनिष्ट लिग (वाईसीएल) हेटौँडा उपमहानगर कमिटीको आयोजनामा जनयुद्धका क्रम सहीद भएका हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का ४ सहीदका परिवारलाई नगद ३ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको वाईसीएल हेटौँडा उपमहानगर अध्यक्ष मदन उप्रेतीले बताए ।

ADVERTISEMENT

मंगलबार बिहान सम्पन्न सम्मान कार्यक्रममा उपमहानगर अध्यक्ष उप्रेतीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज बिजय गौतमको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि गौतमले सहीदको सपना पुरा गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बाताए । उनले गणतन्त्र स्थापनामा सहीदको भूमिका महत्वपूर्ण रहेका बताए ।

सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, हेटौँडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापा मगर, वाईसीएल जिल्ला संयोजक लवराज ठकुरी, जिल्ला सचिव मुक्ति लामा लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *