तिन भागमा विभाजन छ गरिएको
शान्त र राम्रो सुन्दरताले भरिएको
तराई त हो नेपालको अन्नको खानी
पाहुनाको आदर गर्ने नेपालीको बानी
अझै पनि गरीबले पाइन पाएका छैन
गरेनी प्रगति कमी गरिबीको छैन
नेपालमा हुने गर्छ बायु प्रदर्शन
गएनि विदेश युवाहरु कमाउन धन
काठमाडौँ सहर हो नेपालको शान
चन्द्र सूर्य रातो निलो नेपालीको शान
काठमाडौं सहर नेपालको राजधानी
इतिहास बोल्छ कति महान छ नेपाली
आउ न सबै मिलि चाडपर्व मनाऊँ
हामी नेपालीले नै नयाँ नेपाल बनाऊ
स्वार्थी र लोभी होइन हाम्रो सपना छ मन
हामी नेपालीहरुको नेपाल नै हो धन
आर्शिया बर्तौला
कक्षा ः ८, नवोदय शिशु सदन






