हेटौँडा सिमेन्ट उद्योगमा भण्डारीद्वारा पदभार ग्रहण

हेटौंडा, हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त भएका नरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । उनले बुधबार पदभार ग्रहण गरेका हुन् ।

ADVERTISEMENT

पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले कर्मचारी, मजदुर, सरोकारवाला पक्षको साथ र सहयोगमा उद्योगलाई सुचारु गर्ने र प्रतिस्पर्धी बजारमा उद्योगलाई सशक्तरुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे । अल्पकालिन र दीर्घकालिन सोँचका साथ काम गर्ने उनले बताए ।

कार्यक्रममा हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक बसन्त कुमार पाण्डेले कमजोर अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग सन्चालनको योजनाको प्रस्ताव मन्त्रालयमा पुगेको जानकारी गराएका थिए । सेवानिवृत्त कर्मचारीको भुक्तानी हुन नसकेको, नियमित सन्चालनमा पनि समस्या रहेको बताउनुहुँदै महाप्रबन्धक पाण्डेले मन्त्रालयका सचिव, मन्त्री र प्रधानमन्त्रीसम्म समस्या समाधानको लागि पहल भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिका पूर्वअध्यक्ष श्रीधर पोखरेल, संविधान सभा सदस्य अनन्त प्रसाद पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका निवर्तमान अध्यक्ष रघुनाथ खुलाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईलगायतले हेटौँडाको गौरवको रुपमा रहेको सिमेन्ट उद्योगलाई जीवितै राख्न, नियमित सन्चालन गर्न सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अध्यक्ष भण्डारीलाई बधाई दिन नेकपा एमालेका नेता कार्यकर्ता तथा विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरु हेटौंडा सिमेण्ट उद्योगमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *