दुईदिने स्वास्थ्य शिविरमा ३ हजार लाभान्वित

हेटौंडा, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्सले आयोजना गरेको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार बढीले सेवा लिएका छन् । स्वास्थ्य शिविरको पहिलो दिन एकहजार भन्दा बढीले र दोस्रो दिन २ हजार जनाले स्वास्थ्य परीक्षण गरेको महाविद्यालयले जनाएको छ ।

ADVERTISEMENT

शिविरबाट ४ सय ८७ जनाले जेनरल मेडिसिन, १ सय ७८ जनाले हाडजोर्नी तथा नशा रोग, ३८ जनाले छाला रोग, १ जनाले मनोचिकित्सक, ७५ जनाले दन्त रोग, ६२ जनाले बालरोग, ४४ जनाले न्यूरोलोजी, ६० जनाको शल्यक्रिया, १ सय जनाको इसीएचओ, १९० जनाले इसीजी, , २ सय जनाले आँखा परीक्षण, १ सय २५ जनाले नाक, कान, घाटी र १ सय ४२ जनाले प्रसुती तथा स्त्रीरोगको जाँच गरेको जनाएको छ ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्स महाविद्यालयमै सञ्चालन भएको शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री, बालरोग, शल्यक्रिया, मानसिक तथा नशा, छाला तथा यौनरोग, हाडजोर्नी, नाक, कान घाँटी, आँखा, इसीजी, भिडियो एक्सरे, रगत तथा पिसाब परीक्षण, न्युरो सर्जरी तथा मुटुरोगको परीक्षण गरेको थियो । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविरको आयोजना भएको थियो।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *