जनसेवकको स्थापना दिवसमा आश्रमलाई सहयोग

हेटौंडा, हेटौंडा ४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्थाले स्थापना दिवसको अवसरमा चौकीटोलमा रहेको ॐ वृद्धाश्रमलाई शनिबार नगद सहयोग गरेको छ ।

ADVERTISEMENT

सहकारी स्थापना भएको १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आश्रमलाई १० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको सहकारीको व्यवस्थापक राजकुमार चौलागाईले जानकारी दिए । सहकारीका अध्यक्ष बसन्त राज गौतमले आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

सहकारीमा ८ सय ६५ शेयर सदस्य आबद्ध रहेका छन् । कार्यक्रममा सहकारी सञ्चालक समितिका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *