कक्षा १२ को परीक्षामा वडाध्यक्ष खनाल उत्तीर्ण

हेटौंडा, कक्षा १२ को परीक्षामा मनहरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनाल पनि उत्तीर्ण भएका छन् । ५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिएका वडाअध्यक्ष खनाल पनि उत्तीर्ण भएका हुन् ।

ADVERTISEMENT

पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरणलाई स्थापित गर्दै उनले जीवनको यो उमेरमा पढाइलाई निरन्तरता दिएका थिए । आफ्नो छोराछोरीको उमेरका बालबालिकाहरुसँगै पठनपाठन गर्दै उनी कक्षा १२ को परीक्षामा सहभागी थिए । उनले २.४१ जीपीए प्राप्त गरेका छन् ।

यसभन्दा अगिल्लो वर्ष कक्षा ११ को परीक्षामा पनि २.५३ जीपीए प्राप्त गरी उनी उत्तीर्ण भएका थिए । ‘कम्तीमा १२ पास गरौँ भन्ने सोचले ११ मा भर्ना भएको थिएँ, एउटा अठोट पूरा भएको छ’, उनले भने,‘अब पढाइलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा परिवारसंग सल्लाहकार गर्न बाँकी रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya