बंशगोपाल दुग्ध सहकारीको अन्तरक्रिया कार्यक्रम

हेटौंडा, हेटा‌डा ६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले शुक्रवार संस्थाको कार्यालयमा १ दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

ADVERTISEMENT

संस्थाको चालू आर्थिक वर्ष ०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले दुग्ध उत्पादक किसानहरुको दूधको भुक्तानीको लागि उपमहानगरपालिकाले सहजीकरण गरिरहेको बताए ।

ADVERTISEMENT

सहकारी संस्थाहरु निति, विधि र पद्वतिमा चल्नु पर्ने बताउदै उनले सहकारीको भौतिक संरचना निर्माणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताए । पशु स्वास्थ्य बीमाले पशु धनीहरुलाई फाइदा पुग्ने भएकाले बीमा गर्न आग्रह गरे ।

कार्यक्रममा शिखर ईन्स्योरेन्स हेटौडाका प्रमुख प्रमोद पोखरेलले बन्द रहेको पशु बीमा खुल्ला भएकाले आफ्ना सबै पशुहरुको बीमा गरि सुरक्षित गर्न आग्रह गरे ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिका ६ का कार्यबाहक वडा अध्यक्ष विजय पौडेल, संस्थापक अध्यक्ष हरि प्रसाद पौडेल, पूर्व अध्यक्ष बासुदेव अधिकारी , बासुदेव सापकोटा , साधुराम चौलागाई, निवर्तमान अध्यक्ष श्याम प्रसाद न्यौपाने उपाध्यक्ष केशव धिताल, सञ्चारकर्मी भीमसेन पौडेल, सञ्चालक समिति, लेखा समिति , शेयर सदस्य लगायतको सहभागीता थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष रामहरि चौलागाईको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *