रेडियो मकवानपुर कप फुट्सलको उपाधि एन्ड्रसलाई

हेटौंडा, रेडियो मकवानपुर मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि सकृय युवा पत्रकारहरुको समूह एन्ड्रसले जितेको छ । फाइनल खेलमा आयोजक रेडियो मकवानपुरलाई २–० ले हराउँदै एन्ड्रसले उपाधि जितेको हो । एन्ड्रसका लागि दुवै गोल सरोज पौडेलले गरेका हुन् ।

ADVERTISEMENT

एन्ड्रसले खेलकुद पत्रकार मञ्च मकवानपुरलाई र रेडियो मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । विजेता तथा उपविजेता टिमलाई रेडियोको वार्षिकोत्सवको समापनको दिन २२ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना भैरहेको छ । सोही अन्तर्गत मिडियाको बीचमा भातृत्वको सम्बन्ध स्थापनासँगै खेल क्षेत्रको विकासका लागि भन्दै रेडियोले प्रत्येक वर्ष फुट्सल प्रतियोगिता गर्दै आएको छ ।

रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको उद्घाटन समारोमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । भण्डारीले मकवानपुरका सञ्चारकर्मीमा खेल भावना भएको धारणा राख्दै बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि आफूहरुले काम गरिरहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य एवम् फुट्सल समितिका संयोजक टीकाराम लामा, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु मगर, मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै रेडियोले गर्दै आएको कार्यक्रमको प्रशंसा गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, फुटबल संघका कार्यसमिति सदस्य आशिष थापासहित पत्रकार सम्बद्ध विभिन्न संघ संगठनका प्रमुख प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *