उद्योग बाणिज्य संघले मनायो स्थापना दिवस

हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघले ५८ औं स्थापना दिवस सोमबार मनाएको छ ।२०२३ साउन १८ गते संघ स्थापना भएको थियो । संघले हेटौंडा–२ स्थित आफ्नो कार्यालयमा दीप प्रज्वलन गरी स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले थप दुईवटा कार्यक्रम सम्पन्न गरेको छ ।

ADVERTISEMENT

हेटौंडा–२ स्थित ओम बृद्धाश्रमलाई नयाँ कम्प्युटर सेट सहयोग गरेको छ भने हेटौंडा–११ स्थित सिएमसि चुरेहिल हस्पिटलसंग संघमा आवद्ध सदस्यहरुका लागि औषधीमा ७ प्रतिशत र उपचारमा २० प्रतिशत छुट सुविधाको विषयमा सम्झौता गरेको छ ।
ओम बृद्धाश्रमका अध्यक्ष सिद्धीलाल श्रेष्ठले आश्रममा खाद्य सामग्री सहयोग आउने गरेको भएपनि कार्यालय व्यवस्थापनको लागि कम्प्युटर आवश्यक भइरहेको सन्दर्भमा आश्रमको आवश्यतालाई मध्यनजर गरी प्रदान गरिएको सहयोग प्रति धन्यवाद व्यक्त गरे । उनल आश्रममा कुल ४२ जनाको लागि आश्रय क्षमता रहेकोमा हाल १६ पुरुष र ९ महिला गरी २५ जना ज्येष्ठ नागरिक आश्रित रहेको जानकारी दिए ।

सीएमसी चुरेहिल हस्पिटलका अध्यक्ष प्रभात देवकोटाले हाल सीएमसी चुरेहिल हस्पिटलले प्रविधियुक्त उपकरणहरु थप्दै गएको, चितवनको चितवन मेडिकल कलेज (सीएमसी) हस्पिटलको भगिनी संस्थाको रुपमा यस संस्था रहेको बताए । उनले चितवनबाट समेत विशेषज्ञ डाक्टरहरु हेटौंडा आएर उपचार सेवा दिइरहेको, दक्ष डाक्टरहरुबाट हेटौंडामा नियमित उपचार भइरहेको दावी गरे । सम्झौतासँगै संघका सदस्यहरुले पाउने छुट सुविधा चितवन सीएमसी हस्पिटलमा पनि पाउने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *