एक हप्ते दौरा सुरुवाल सिलाई कटाई तालिम समापन

हेटौंडा, एकहप्ते राष्ट्रिय पोशाक दौरा सुरुवाल सिलाई कटाई पुनतार्जगी तालिम विहीबार समापन गरिएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा गत चैत १४ गतेबाट शुरु भई २१ गते सकिएको थियो ।

ADVERTISEMENT

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका पौडेलले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका छन् । ‘ हेटौंडा उपमहानगरपालिकामा दर्ता भई व्यवसायी सञ्चालन गर्नुपदर्छ ।’ उनले भने –‘दर्ता भएका व्यवसायीहरुलाई थप तालिम पनि प्रदान गर्ने छौँ ।’

नेपालीको पहिचान बोकेको नेपाली पोषाक दौरा सुरुवाल लोप हुदै जान थालेकाले यसको संरक्षण तथा प्रर्वधन गर्न तालिम आयोजना गरिएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष मेनका श्रेष्ठले बताइन् । प्रशिक्षक नारायण सिंह थिङले तालिम सहजीकरण गरेका थिए ।राष्ट्रिय पोशाक दौरा सुरुवाल सिलाई कटाई पुनतार्जगी तालिममा महिला र पुरुष गरी २० जनाको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *