हेटौंडा, ब्लड क्यान्सर पीडित थाहा नगरपालिका –८ निवासी शुभराज पाख्रिनको परिवारले उपचारका लागि सहयोगको अपिल गरेका छन् । कमजोर आर्थिक अवस्था भएका शुभराजका परिवारले उपचारको लागि केहि रकम जुटे उनको पुर्नःजीवन पाउने आशा व्यक्त गरेका छन् ।

ब्लड क्यान्सर पीडित पाख्रिनको काठमाडौ मनमोहन हस्पिटलमा उपचार भइरहेको शुभराजका बुवा रामबहादुर पाख्रिनले बताए । रामबहादुर पाख्रिनको महालक्ष्मी विकास बैंक खाता नम्वर ०६६१२१००६९६२३९०००००१ मा रकम सहयोग गर्न सक्नु हुनेछ ।
१७ वर्षिय शुभराज झम्केस्वरी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्र हुन् ।







