सवारी दुर्घटनामा ६ जनाको मृत्यु

हेटौंडा, मकवानपुरको भीमफेदीमा बिहीबार दिउँसो सवारी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

ADVERTISEMENT

साङ्केतिक तस्विर

काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्वरको यात्रुबाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परेर दर्जनौ यात्रु घाइते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमको टोली पुगेको छ । उक्त दुर्घटनाबारे पुरै विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya