हेटौँडा, बागमती कप टी–२० क्रिकेट प्रतियोगिताका लागि मकवानपुर जिल्ला क्रिकेट संघले खेलाडीहरूको नाम सार्वजनिक गरेको छ । संघले शुभ कंसारको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा सुमन सुनार, युबिन बुढाथोकी, विशाल फुयाँल, एमडी रजा अहमद, समिर चौलागाईं, साकार गजुरेल, सक्षम बस्ताकोटी, रोहित ठाकुर, गोकुल अधिकारी, विशेष विक्रम थापा, रोहित बिष्ट र स्वरुप श्रेष्ठ रहेका छन् । टोलीमा अनुभवी तथा युवा खेलाडीको समिश्रण गरिएको संघले जनाएको छ ।
प्रतियोगिता आगामी आइतबारदेखि हेटौँडा–६ स्थित गौरिटार रंगशालाको क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । यसअघि मकवानपुर क्रिकेट टोलीको कप्तानी सुमन सुनारले सम्हाल्दै आएका थिए । यसपटक भने संघले शुभ कंसारलाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो ।







