बागमती प्रदेशसभामा ३ विधेयकको प्रतिवेदन पेस

हेटौँडा, बागमती प्रदेशसभा बैठकमा ३ वटा विधेयकको निर्णयको प्रतिवेदन पेस भएको छ । प्रदेशसभाको आइतबार दिउँसो बसेको बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिका २ र उद्योग पर्यटन तथा वातावरण समितिको एउटा विधेयकको प्रतिवेदन पेस भएको हो ।

ADVERTISEMENT

बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकालले समितिले दफावार छलफल गरेर तयार पारेको प्रदेश स्वास्थ्य ऐन २०७५ लाई व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेस गरेका हुन् ।

उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेस गरेका हुन् । उक्त विधेयकका प्रतिवेदनहरू माथि सोमबार बसेको बैठकमा छलफल पछि पारित हुनेछ ।

बैठकमा एमाले सांसद केशवप्रसाद पोखरेलले ध्यानाकर्षण प्रस्ताव पेस गरेका थिए । उनले विुद्युतीकरण सम्बन्धी विषयमा पेस गरेको ध्यानाकर्षण प्रस्ताव माथि सभामुख भुवन पाठकले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya