टिभिएस ‘मनसुन एक्सचेञ्ज म्यानिया’ आज सकिँदै

हेटौँडा, हेटौंडामा भैइरहेको ‘टिभिएस मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया’ असार २७ गते शुक्रवार सकिदैछ।

ADVERTISEMENT

टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा।लि।ले हेटौंडा अटोमार्टको संयोजनमा आइतबारदेखि कफीबार अगाडि सञ्चालन गरेको ‘टिभिएसको मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया’ मा हालसम्म ७५ ओटाभन्दा बढी मोटरसाइकल र स्कुटर एक्सचेञ्ज तथा बिक्री भएको हेटौंडा अटोमार्टका संचालक प्रवेशराज बरुवालले बताए । उनले एक्सचेञ्ज म्यानियामा जुनसुकै पुरानो मोटरसाइकलको कम्तिमा ३० हजार मुल्यांकनसहित थप मुल्यांकन गरिने बताए । यो मूल्याकंन हालसम्मकै उच्च मुल्यांकन भएको पनि बरुवालले बताए ।

त्यस्तै नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तीमा ८ हजार छुटका साथै शून्य प्रतिशत ब्याजदरमा सरल किस्ताबन्दी सुबिधा रहेको हेटौंडा अटो मार्टले जनाएको छ ।

मोटरसाइकल र स्कुटर खरिदमा विशेष छुटसहित हेलमेट, बाईक कभर, ब्याग निशुल्क उपलब्ध गराईने हेटौंडा अटो मार्टले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *