हेटौंडा, बागमती प्रदेश युवा परिषद् हेटौंडाको आयोजनामा ‘‘दिगो विकास लक्ष्यमा प्रगती र समृद्धीः डिजिटल प्रविधिममा युवा पहुँच अभिबृद्धी भन्ने मुल नाराका साथ हेटौंडामा २५ औं अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ ।

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री महर्जनले युवाका लागि प्रदेश सरकारले रोजगारीको प्रयास गरिरहेको बताए ।
राज्यको हरेक क्षेत्रमा युवाहरुको महत्वपूर्ण भूमिका भएपनि त्यसलाई नेतृत्व वर्गहरुले बुझ्न नसकेको उनले उल्लेख गरे । उनले प्रदेशमा सबै भन्दा कम बजेट युवा तथा खेलकुद मन्त्रालयमा रहेकाले काम गर्न समस्या भएको बताउँदै युवा परिषद्लाई सशक्त बनाउन लाग्नुपर्नेमा जोड दिए ।
यस्तै, कार्यक्रमका सभाध्यक्ष एवम् प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले युवाका निम्ती युवा परिषद्ले धेरै काम गरेको उल्लेख गरे । उनले युवा क्षेत्रमा धेरै काम भएको भन्दै युवाका लागि तालिम, रोजगारी र सामान समेत उपलब्ध गराएको बताए ।
सो क्रममा हेटौंडा उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत भानु थपलियाले डिजिटिलाइजेशनको बारेमा प्रस्तुती दिएका थिए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघकी आरती पाठक, युवा परिषद्का कार्यालय प्रमुख रमेश घिमिरेलगायतको सहभागिता रहेको थियो ।






