हेटौंडा, मकवानपुर प्रहरीले ५ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति सुनसरी इनरुवा नगरपालिका–७ घर भई हाल बिराटनगर महानगरपालिका–६ मा बसोबास गर्दै आएका १८ वर्षीय आश नारायण चौधरी रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले आज बिहान साढे ११ बजेतिर हेटौंडा उपमहानगरपालिका–१५ स्थित चेकपोस्ट अगाडिको सडकमा सवारी चेकजाँचको क्रममा नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३६७३ नम्बरको यात्रुबाहक बसमा सवार चौधरीलाई शंका लागी खानतलासी गरेको थियो।
तलासीका क्रममा चौधरीको साथबाट ५ किलो गाँजा फेला परेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ। बरामद गरिएको लागुऔषधसहित चौधरीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार उनलाई लागुऔषध सम्बन्धी कसूरअन्तर्गत मुद्धा दर्ता गराई सम्मानित मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको छ।






