विद्यार्थीलाई खाजाको लागि जनजागरण समाजको आर्थिक सहयोग

हेटौंडा, बर्षे बिदामा समेत बिद्यालय नियमितरुपमा सञ्चालन गरेको थाहा नगरपालिका वडा नं. २ स्थित घाटदेबी निमाबिका बिद्यार्थीहरुलाई दिवा खाजाको ब्यवस्थापन गर्न जनजागरण समाज, थाहा २ को तर्फबाट ३४ हजार ८ सय साठ्ठी रुपैंया नगद हस्तान्तरण गरेको छ ।

ADVERTISEMENT

२०७९ मा स्थापना भएको जनजागरण समाजले समाजका सदस्यहरुबाट संकलन गरेको उक्त रकम बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई दिवा खाजा ब्यवस्थापनका लागि सहयोग गरेको समाजका सहसंयोजक माधव कार्कीले बताए ।
शुक्रबार बिद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उक्त रकम समाजको तर्फबाट बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि नियमानूसार नगरपालिकाले निर्धारण गरेको बिदाको समयमा पनि बिद्यालय सञ्चालन गरिएको बिद्यालयका प्रधानाध्यापक दिपक कार्कीले बताए । उनले बिद्यालयका बिद्यार्थीहरुका लागि दिवा खाजा ब्यवस्थापनका लागि जनजागरण समाजको आर्थिक सहयोग महत्वपूर्ण भएको बताए ।
सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने बिद्यार्थीहरुका लागि प्रति बिद्यार्थी १५ रुपैंयाको दरले प्रत्येक बर्ष १ सय ८० दिन बराबरको रकम बिद्यालयलाई उपलब्ध गराउने बताउँदै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर तामाङले उक्त रकम पर्याप्त नहँुदा समाजले गरेको आर्थिक सहयोगले खाजा ब्यवस्थापनमा सहज हुने बताए । बिद्यालयले बार्षिक २ सय २० भन्दा बढी दिन बिद्यालय खुल्ने र उक्त दिन नियमित रुपमा बिद्यार्थीहरुलाई खाजा खुवाउने समेत अध्यक्ष तामाङले बताए ।
रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष बमबहादुर सिन्तानले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि बिद्यालयको मेहनत महत्वपूर्ण भएको बताए । उनले बिद्यालयलाई जनजागरण समाजले गरेको सहयोगले शैक्षिक विकासमा सहयोगी हुने बताए । समाजको सकारात्मक विकासकालागि शैक्षिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने समेत अध्यक्ष सिन्तानले बताए ।

ADVERTISEMENT

कार्यक्रममा जागरण समाजका सहसंयोजक माधव कार्की, सचिव बिकेशबाबु बस्नेत, पालुङगढी संरक्षण समितिका अध्यक्ष अजय कार्की, पालुङ जेसीज बर्ष २०२४ का उपाध्यक्ष नारायण कार्की लगायत बिद्यालयका शिक्षक, बिद्यार्थीको उपस्थिति रहेको थियो । बिद्यालयमा बालविकास केन्द्र सहित कक्षा ८ सम्म १ सय २८ जना बिद्यार्थी अध्ययनरत छन् । थाहा नगरपालिकाले पालिकाका सामुदायिक बिद्यालयहरुमा साउन १३ गतेदेखि भाद्र ३ गतेसम्म बर्षे बिदा निर्धारण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *