फुटबल प्रतियोगितामा वनस्पति ‘ए’ को विजयी शुरुवात

हेटौंडा, शुभ दिपावली २०७९ को पावन अवसरमा जनहित युवा समूह हेटौंडा–१३ वनस्पतिद्वारा आयोजित टोल स्तरीय फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । आजको उद्घाटन खेलमा नमुना टोल विकास समिति ‘बी’ लाई ४–१ को गोलअन्तरले पराजित गर्दै वनस्पति टोल बिकास समिति ‘ए’ विजयी भएको हो ।

ADVERTISEMENT

वनस्पति ए को तर्फबाट ४ गोल नै प्रिन्स लामाले गरेका हुन् भने नमुना बी को तर्फबाट सान्त्वना गोल रुपेश भोलनले गरेका हुन् । प्रतियोगितामा ५ वटा टोल विकास समितिबाट १० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुनेलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । जनहित युवा समूहका अध्यक्ष दुदुमाया सिन्तानको अध्यक्षतामा भएको कार्यक्रममा श्री युग चेतना नमुना आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजकुमार स्याङतानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा साहारा टोल बिकास समिति अध्यक्ष अशोक कुमार डिम्डुङ, जडीबुटी टोल विकास समितिका अध्यक्ष बसन्तकुमार लामा, बिन्दावासिनी टोल विकास समितिका अध्यक्ष रत्न बहादुर केसी , वनस्पति टोल विकास समितिका अध्यक्ष सूर्यबहादुर छुमीलगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिताको फाइनल खेल कार्तिक ९ गते हुने छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya