हेटौंडा, /नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एबम् मकवानपुरको प्रदेशसभा १ को(क) का सत्ता गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु)ले बागमती र बकैयामा रहेको खहरेहरु नियन्त्रण गर्न बिशेष योजना बनाइने बताएका छन् ।
यस क्षेत्रको समस्या बनेको खहरे नियन्त्रण गरिनुको साथै पर्यापर्यटनको विकास गरेर अबसरमा परिणत गर्ने योजना बनाउने उनको भनाई छ । राईगाँऊ र माझगाऊँमा पुल, तटबन्धन, लगाएत शिक्षा, स्वास्थ्य रोजगारको लागि आफुले पहल गर्ने उनले बताए ।
आफुले गरिरहेको अधुरा काम पुरा गर्दै थप नयाँ र प्रभाबकारी योजना ल्याइने उहाँको भनाई रहेको छ । अगुवा कार्यकर्तालाई गठबन्धनमा मतदान गर्न र गराउन निर्देशन दिंदै उनले आफुहरु सफल हुन गठबन्धनको जित हुनुपर्नेमा जोड दिएका थिए ।







