हेटौंडा , बसामाडी जेसीजले आफ्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह-२०२४ विविध कार्यक्रमसहित भदौ ६ गते बिहिबारदेखि मनाउने भएको छ ।
जेसीज सप्ताह अन्तरगत भदौ ६ गते बिहिबारदेखि ९ गते आईतबारसम्म बिभिन्न सातवटा कार्यक्रम गरिने बसामाडी जेसीज बर्ष २०२४ का महासचिव मनिष घिमिरेले बताए ।
भदौ ४ गते मंगलबार बसेको बसामाडी जेसीजको बोर्ड बैठकले जेसीज सप्ताह भब्यताका साथ सम्पन्न गर्न कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र यादबलाई मूल कार्यक्रम संयोजक चयन गरेको छ ।
बैठकले जेसीज सप्ताह अन्तरगत बिभिन्न ७ वटा कार्यक्रमको कार्यक्रम मिति, स्थान सहित कार्यक्रम संयोजकहरु चयन गरिएको अध्यक्ष उद्वबराज कठायतले बताए ।
मूल कार्यक्रम संयोजक यादबले भदौ ६ गते बिहिबार बिहान ७ बजे सुदिप नेपालको संयोजकत्वमा हेटौडा ४ स्थित कमलडाँडा फूटसल मैदानमा जेसीज सदस्य र विद्यार्थी बिच मैत्रीपूर्ण फूटसल प्रतियोगिता र दिउँसो १ बजे राजकुमार पौडेलको संयोजकत्वमा लागू औषध सम्बन्धि सचेतता कार्यक्रम श्रमिक मा. बि. हेटौंडा ४ मा हुने बताए।
त्यस्तै भदौ ७ गते शुक्रबार हरि ढकालको संयोजकत्वमा बिहान ८ बजे नेपाल परिवार नियोजन संघ हेटौंडामा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सम्बन्धि अन्तरक्रिया कार्यक्रम र सरोज घिमिरेको संयोजकत्वमा रस्सल एकेडेमी हेटौंडा ९ मा साइबर सेक्युरिटी सम्बन्धि तालिम दिउँसो १ बजे हुने मूल कार्यक्रम संयोजक यादबले बताए ।
साथै भदौ ८ गते शनिबार बिनोद पौडेलको संयोजकत्वमा बिहान ७ बजे मामाघर नेपालमा खाद्यान्न बितरण, दिउँसो १ बजे परमेश्वर पौडेलको संयोजकत्वमा बि.पि. वाटिका हेटौंडा ११ मा बृक्षरोपण कार्यक्रम हुनेछ ।
जेसीज सप्ताहकै क्रममा भदौ ९ गते रामकृष्ण सिवाकोटीको संयोजकत्वमा पुजा बैंक्युट हेटौंडामा दिउँसो १ बजेदेखि समापन तथा पुरस्कार बितरण कार्यक्रम हुनेछ।
सामाजिक उत्तरदायित्व सहितको कार्यमा युवाहरुको क्षमता विकासका लागि बसामाडी जेसीजले विविध रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दे आएको बसामाडी जेसीज बर्ष २०२४ का महासचिब मनिष घिमिरेले बताए ।
बसामाडी जेसीजको जेसीज सप्ताह अन्तरगत हुने सबै कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण सरोकारवालालाई बर्ष २०२४ का मिडिया मेनेजर अनिल बसेलले अनुरोध गरेकाछन् ।






