हेटौंडा/राष्ट्रिय औद्योगिक सर्वेक्षण अनुसार देशभरमा ६० हजार १ सय ८५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर १ मा १२ हजार २ सय २५, मधेश प्रदेशमा ७ हजार २ सय ७९, बागमती प्रदेशमा १८ हजार ३ सय ३३, गण्डकी प्रदेशमा ६ हजार ८ सय १८, लुम्बिनी प्रदेशमा १० हजार ५ सय ८, कर्णाली प्रदेशमा १ हजार ६ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ८७ उद्योग प्रतिष्ठान रहेको राष्ट्रिय औद्योगिक सर्वेक्षा २०७६ को तथ्याङ्कमा उल्लेख रहेको छ ।

बुधबार केन्द्रीय तथ्याड्ढ विभाग र तथ्याड्ढ कार्यालय मकवानपुरले राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजा सार्वजनिक गरेको हो । खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत तथा ग्याँस, पानीको आपूर्ति ढल निकास, फोहोर व्यवस्थापनलाई वर्गीकरण गरी राष्ट्रिय औद्यागिक सर्वेक्षण तयार पारेको केन्द्रीय तथ्याड्ढ विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए । ‘सर्वेक्षणको मुख्य उद्देश्य भनेकै अर्थतन्त्रमा औद्योगिक क्षेत्रले गरेको योगदानको मापन गर्नुका साथै नीति, निर्माता, योजनाविद्, उद्योगपति, अनुसन्धानकर्ता तथा अन्य प्रयोगकर्ताहरुलाई औद्योगिक क्षेत्रसँग सम्बन्धित आवश्यक तथ्याड्ढ उपलब्ध गराउनु हो ।’ निर्देशक आचार्यले भने –‘राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ मा पूर्ण गणना र नमूना छनौट विधि दुवै तरिका अवलम्वन गरिएको छ ।’
औद्योगिक प्रतिष्ठानहरुले देशभरमा करिव ८ अर्व ४६ अर्व ६६ करोड मूल्य बराबरको रकम लागतको रुपमा खर्च गरी करिव १२ खर्व १ अर्ब १७ करोडको मूल्य बराबरको वस्तु तथा सेवा उत्पादन गरेको देखिन्छ । नेपालको अर्थतन्त्रमा करिव ३ खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गरेको देखिन्छ भने लागत उत्पादन अनुपात ०.७० रहेको पाइन्छ । लागत उत्पादन अनुपात घटाउनु नै उद्योगहरुको मुख्य चुनौति रहेको उनले बताए । औद्योगिक वर्गीकरण अनुसार प्रतिष्ठानहरुको स्थायी सम्पतिमा सबैभन्दा बढी बागमती प्रदेशको रहेको छ भने कम सुदूरपश्चिम प्रदेशको रहेको छ ।
औद्यागिक प्रतिष्ठानमा संलग्न रहेका व्यक्तिको संख्या ४ लाख ९१ हजार २ सय २७ जना रहेकोमा तलवी कामदारको संख्या ३ लाख ८१ हजार जना रहेका छन् । जसमा बागमती प्रदेशमा ठूला औद्योगिक उत्पादनमा ८७ हजार ४ सय ६० जना र सानामा २४ हजार ९ सय ५२ जना रोजगार व्यक्ति रहेका छन् । विभागले प्रथम राष्ट्रिय औद्योगिक गणना वि.सं. २०२२ सालमा सम्पन्न गरी २०६९ सालमा दशैं औद्योगिक गणना सञ्चालन गरेको थियो भने पहिलो साना औद्योगिक सर्वेक्षण वि.सं. २०२९ सालमा सञ्चालन गरी वि.सं. २०६६ सालमा पाँचौ साना औद्योगिक सर्वेक्षण सम्पन्न गरिसकेको छ ।






