सापकोटाको नेतृत्वमा राष्ट्रिय निर्माण व्यवसायी संगठन मकवानपुर

हेटौंडा, नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन मकवानपुरको अध्यक्षमा भरत प्रसाद सापकोटा चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको संगठनको दोस्रो जिल्ला सम्मेलनबाट सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा रंगनाथ ढकाल, महासचिव अबिरल गजुरेल, सचिव सन्दिप पौडेल, कोषाध्यक्ष मोतिलाल सिंगार चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः विजय ढकाल, सन्देश लामा, जीवन विष्ट, सुरेन्द्र अधिकारी, रोशन पुलामी, सुकु बहादुर पाख्रिन, राज कुमार लामा, विक्रम केसी, मेघ बहादुर श्रेष्ठ र लेखराम डिम्डुङ रहेका छन् ।

सम्मेलनले केदार कार्की र सागर कट्टवाललाई सल्लाहकार चयन गरेको छ । बागमती प्रदेशका पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा संठगनका निवर्तमान अध्यक्ष बाल कुमार मल्लको सभाध्यक्षतामा सम्मेलन भएको हो ।

कार्यक्रममा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष शिव प्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रका मकवानपुर इन्चार्ज विजय गौतम, केन्द्रीय सदस्य प्रमिला पुलामी, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलान, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, संगठनका बागमती प्रदेश उपाध्यक्ष बसन्त खरेल लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *