ऋषि ढकालको नेतृत्वमा ग्रिन्डलेज बचत तथा ऋण सहकारी संस्था

हेटौँडा, हेटौंडा–१० स्थित ग्रिन्डलेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा ऋषिकुमार ढकाल चयन भएका छन्। आज सम्पन्न सहकारीको १६औँ वार्षिक साधारणसभाबाट ढकालको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरिएको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा दुर्गादेवी दास, सचिवमा कृष्णहरी पौडेल तथा कोषाध्यक्षमा मनिषा घले गुरुङ चयन भएका छन्। यसैगरी सदस्यमा आत्माराम ढकाल, सुमित्रा हुमागाई, सुदेशकुमार श्रेष्ठ, सन्दिप कुमार सापकोटा र उषा ढुङ्गेल चयन भएका छन् । सहकारीको लेखा समिति संयोजकमा सागर सापकोटा तथा सदस्यमा नरेन्द्र अधिकारी र पार्वती आचार्य चयन गरिएको छ।

गत भदौ १७ गते सहकारी नियमन प्राधिकरणले जारी गरेको ८ बुँदे निर्देशनअनुसार साधारणसभा सदस्यमैत्री र सदस्य केन्द्रित ढंगले आयोजना गरिएको सहकारीका अध्यक्ष महेन्द्र इटेनीले बताए। साधारणसभा संस्थाका शेयर सदस्यहरूको मात्र उपस्थितिमा सम्पन्न भएको उनले जानकारी दिए । सभामा असल बचतकर्ता, असल ऋणी र एसईईमा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्य महानुभावहरुका छात्र/छात्रालाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *