हेटौंडामा नेवार र तामाङ समुदायले नेवाः तामाङ भाषा दिवस मनाए

हेटौंडा, बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषाको रुपमा नेपाल भाषा र तामाङ भाषालाई पनि प्रयोगमा ल्याएको खुशीयालीमा नेवार र तामाङ समुदायले खुशी व्यक्त गरेका छन् ।

ADVERTISEMENT

प्रदेश सरकारी कामकाजको भाषा ऐन लागू भएको अवसरमा नेवाः देय दवु बागमती प्रदेश, नेपाल तामाङ घेदुङ प्रदेश समिति र नेवाः देय दबु स्वनिगः विशेष प्रदेश समितिले संयुक्त रुपमा प्रदेश राजधानी हेटौंडामा नेवाः तामाङ भाषा दिवस मनाएका हुन् ।हेटौंडाको बुद्धचोकबाट सुरु भएको र्याली सिमाचोक, स्कुलरोड, पारिजात पथ, कान्तिराज पथ, मानसचोक हुँदै हेटौंडा–२ स्थित वनस्खण्डीसम्म पुगेर कोषसभामा परिणत भएको थियो ।

सो क्रममा झाँक्री, नेवारी बाजा टोली र जातिगत संघ, संगठनका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम नेवाः देय दबु बागमती प्रदेश समितिका अध्यक्ष विष्णु गोपाल महर्जनको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रमको अवसरमा सभाध्यक्ष महर्जन र प्रमुख अतिथि घलानले नेवाः साँस्कृतिक संग्रहालयको पनि संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya