कुशे औँसीमा जोशीले दिए विद्यार्थीलाई पुस्तक उपहार

हेटौंडा, आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । सोमबार आफ्नो बुवालाई सम्मान गर्ने भएकोले सामाजिक सञ्जाल भरिएको थियो । तर आज कुशे औँसीको अवसर पारी हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले विद्यार्थीलाई पुस्तक उपहार दिएका छन् ।

हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई जोशीले पुस्तक उपहार दिएका हुन् । नवोदय शिशु सदन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जोशीले कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरेको बताए ।

‘विद्यार्थीलाई पुस्तकसँग नजिक बनाएर उनीहरुको जीवनमा सकरात्मक परिर्वतन ल्याउन पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’ जोशीले भने –विद्यार्थीलाई पठन संस्कृति र सकारात्मक सोचतिर प्रेरित गर्न पुस्तक उपहार दिइएको हुँ । ‘ हेटौंडा ४ मा रहेको किताब घरबाट पुस्तक खरिद गरी जोशीले कक्षा १० मा अध्ययनरत ९५ जना विद्यार्थी र शिक्षकलाई पुस्तक प्रदान गरेका थिए । नवोदयले पूर्वप्राथमिक तहदेखि नै आफ्ना बालबालिकालाई पठन संस्कृतिमा अभ्यस्त गराउँदै आएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पनि अध्ययन गर्ने गरेका छन् । बालबालिकालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यालयले विविध अतिरिक्त क्रियाकलापका माध्यमबाट सिकाइमा जोड दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button