मकवानपुरका तीनजना नेपाल जेसीजमा विजयी

हेटौंडा/युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सक्रिय नेपाल जेसीजको बर्ष सन् २०२३ का लागि मकवानपुरबाट तीनजना निर्वाचित भएका छन् । वीरगञ्ज जेसीजको आतिथ्यतामा भएको नेपाल जेसीजको ४९ औं राष्ट्रिय महाधिवेशनबाट यहाँका तीनजना विजयी भएका हुन् । मकवानपुरका एकजना कार्यकारिणी उपाध्यक्ष र दुईजना उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । शनिबार राति प्राप्त अन्तिम मत परिणाम अनुसार हेटौंडा लेडी जेसीजका पूर्व अध्यक्ष रश्मी बस्नेत कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

ADVERTISEMENT

यस्तै बस्तीपुर जेसीज २०२२ का अध्यक्ष तेजप्रसाद उप्रेती रमेश र बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी भएका उनीहरुले शाखा र नेपाल जेसीजबीच समन्वयको काम गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै नेपाल जेसीजको अध्यक्षमा काभ्रेका विकास मानन्धर निर्वाचित भएका छन् । अध्यक्ष पदमा मानन्धरसहित रविन पोखरेल, सुमनकृष्ण श्रेष्ठ र दीपेन्द्र निरौलाले प्रतिस्पर्धा गरेका थिए । कार्यकारिणी उपाध्यक्षमा बस्नेतसहित रजनी थापा, जीवन कार्की र कुमारसिँह साँवा लिम्बु निर्वाचित भएका छन् ।

उपाध्यक्षमा मकवानपुरका उप्रेती र अधिकारीसहित राधिका भुषाल, राजाराम गौतम, भीम कुँवर (राजु), स्वस्तिका आचार्य, बीरबहादुर बेगा, गुरुदेव पौडेल, चन्द्रमणि भुषाल, चिरञ्जीवी गौतम, अनुप सुनुवार र सोनी श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष मानन्धरले महासचिव अमिष ढकाल, कोषाध्यक्ष मोहन डाँगी र कानूनी सल्लाहकार अशोक कोइरालालाई मनोनित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *